पब्लिक समाचार

६ महिना अगाडि / ११८  पटक हेरिएको

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पु¥याउने योजना बनाइएको बताउनुभयो । वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पु¥याउने योजना बनाइएको हो ।

प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उहाँको भनाइ छ । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गर्नुभएको थियो ।

विपद् या महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ ।
सरकारले जारी गरेको निर्देशिकामा विद्यालय जाने उमेर समूहका बालबालिकाको समूहगत वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।

सोअनुसार विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टनरेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच समूहमा वर्गीकरण गर्नुपर्ने निर्देशकामा उल्लेख छ । तर जुनसुकै समूहमा पर्ने विद्यार्थी भए पनि सिकाइका लागि पुस्तक आवश्यक भएकाले विद्यार्थीको हातमा पुस्तक पु¥याउने कुरालाई प्राथमिकतामा राखिएको हो ।गोरखापत्र दैनिकमा खबर छ।

आइतबार, जेठ २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२