पब्लिक समाचार

६ महिना अगाडि / १३८  पटक हेरिएको

काठमाडौं । देशमा असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले असार १ गतेबाट प्रस्ताव खुकुलो हुने सम्भावना रहेको जानकारी दिएका छन् । उनले अत्यावश्यक सेवा, कृषि, विकास निर्माणका कामहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने मोडालिटी तयार भइरहेको बताए ।

कोभिड १९ सम्बन्धी संयन्त्र र समितिले छुट्टाछुट्टै मस्यौदा बनाइरहेका छन् । सुरक्षा निकायले पनि सुझाव पेश गर्न मोडालिटी बनाएको बुझिएको छ । ती सबै सुझावबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् । हिजो उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समन्वय समितिले १० चरणको लकडाउन मोडालिटीबारे प्रधानमन्त्री ओलीसँग छलफल गरेको थियो । मोडालिटी मस्यौदाबारे छलफल भएको हो ।

मोडालिटी मस्यौदामा सार्वजनिक यातायात सञ्चालनको मिति र विधिबारे समेत उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई आधा सिट मात्र राखेर सञ्चालन गर्न दिने तयारी छ । अत्यावश्यक कामकाजका लागि निजी सवारी साधन पनि आधा सिट मात्र सञ्चालन गर्न दिने तयारी छ ।

मोडालिटी मस्यौदामा निजी शैक्षिक संस्था साउन पछि मात्र सञ्चालन गरिने उल्लेख छ । उद्दोग कलकारखाना र व्यवसायभ ने निश्चित मापदण्ड तोकेर असारको दोस्रो हप्ताभित्र खुलिसक्नेछन् । विकास निर्माणको काम १ असारबाट सञ्चालन गर्न दिने तयारी छ ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२