पब्लिक समाचार

१ महिना अगाडि / ८३  पटक हेरिएको

काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको सााेमबार बसेको बैठकले क्वारेन्टिनमा मृत्यु भएकाको अनिवार्य स्वाब परीक्षण गर्न र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेको छ ।

पार्टीले पिसिआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्ब व्यवस्था गर्नसमेत माग गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले कोभिड –१९ कबाट जोगाउन तत्काल जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गर्न र क्वारेन्टिन सञ्चालनका लागि स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।

यसैगरी कोभिड –१९ बाहेक अन्य रोगका खोप, औषधि, प्रतिरोधात्मक र उपचारात्मक सबै सेवा विनाअवरोध पाउने सुनिश्चितता गर्न, कोभिड –१९ नियन्त्रणमा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न र स्वास्थ्य सामग्री खरीदबारे तत्काल सार्वजनिक रुपमा जानकारी गराउन बैठकले सरकारसँग माग गरेको छ ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]