पब्लिक समाचार

५ महिना अगाडि / २६०  पटक हेरिएको

काठमाडाैं । नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा विद्वान महावीर पुनले सरकारले आगामी वर्षकाे बजेटमा विद्युतीय सवारीमा लगाएकाे भन्सार तथा अन्तशुल्ककाे विराेध गरेका छन् । सरकारले अध्ययन नगरी र अनुमानका भरमा विद्युतीय सवारीमा कर लगाएकाे उनकाे भनाइ छ । भखर्रै पुनले आफ्नो सामाजिक सञ्जाल मार्फत केहि धारणा सार्वजनिक गरेका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्ट जस्ताको तस्तै

लौ त अर्थ मन्त्रालयले तलको उदाहरण हेरेर सिकोस त. 🙏🙏🇳🇵🇳🇵

आज बिहान १५ मिनट ल्यापटप अगाढी बसेर Google भगवानको ध्यान गर्दा भगवानले तलको कुराहरुको जानकारी दिनु भयो. विद्युतीय गाडीमा १५०% सम्म कर लगाउनु हुने हाम्रा नीति निर्माताहरुले पनि बजेट बनाउने बेलामा यसरी नै Google भगवानको अलि अलि ध्यान गरेको भए राम्रै हुन्थ्यो होला. अनि तल दिईएका धनी देशका सरकारहरुले दिए जस्तै विद्युतीय गाडी किन्दा अनुदान दिन नसके पनि त्यति धेरै कर नबढाई दिएको भए पनि चित्त बुझ्थ्यो नि.

साधारण जनताले चित्त बुझाउने अर्को कुरा पनि थियो . त्यो के भने सरकारले तल ललितपुर खबरले दिएको फोटोमा देखिए जस्ता जताततै फालिएका सरकारी र अन्य पुराना गाडीहरुलाई विद्युतीय गाडीमा परिणत गर्ने अनुमति सम्म दिएको भए पनि हुन्थ्यो नि. पुरानो गाडीहरु लाई विद्युतीय गाडीमा परिणत गर्न नेपालमा सजिलै सकिन्छ र त्यसो गर्न पायो भने जनता पनि अलि खुसि हुन्छन. लौ सरकार, होस् मा आउनु पर्यो !!!

१. जर्मनीमा €40,000 भन्दा कम मुल्य पर्ने विद्युतीय गाडी किन्दा सरकारले प्रति गाडी €6,000 अनुदान दिने रहेछ.

२. नेदरल्याण्डमा नयाँ विद्युतीय गाडी किन्नेहरुलाई सरकारले प्रति गाडी €4,000 अनुदान र पुरानो विद्युतीय गाडी किन्नेहरुलाई €2,000 अनुदान दिने रहेछ. सन् २०२५ पछि ता नेदरल्याण्डमा पेट्रोल र डिजेल बाट चल्ने गाडी बेच्न नदिने रे .

३. चीनमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुलाई सरकारले प्रति गाडी 25,000 yuan अनुदान दिने रहेछ. विद्युतीय गाडी किन्नेहरुलाई १०% क्रय कर छुट हुने रहेछ. यो सुबिधा चीनमा २०२२ सम्म पाउने रहेछन.

४. बेलायतमा £50,000 भन्दा कम मूल्यका विद्युतीय गाडी किन्नेहरूलाई सरकारले प्रति गाडी £3,000 अनुदान दिने रहेछ.

५. क्यानाडामा विद्युतीय गाडीहरु किन्नेहरुलाई सरकारले गाडी हेरेर प्रति गाडी $2,500 देखि $5,000 सम्म अनुदान दिने रहेछ.

६. दक्षिण कोरियामा संघीय सरकारले विद्युतीय गाडी किन्नेहरुलाई प्रति गाडी 182 लाख Won अर्थात् $15,613 सम्म अनुदान दिएको रहेछ. त्यसबाहेक त्यहाँ केहि स्थानीय सरकारहरुले पनि प्रति गाडी 100 लाख Won सम्म थप अनुदान दिने रहेछन.

यस्ता अरु धेरै उदाहरणहरु छन्. आफैले पनि खोज्नु होस्. धन्यबाद.

लौ त अर्थ मन्त्रालयले तलको उदाहरण हेरेर सिक्नु होस् त. 🙏🙏🇳🇵🇳🇵आज बिहान १५ मिनट ल्यापटप अगाढी बसेर Google भगवानको ध्यान…

Posted by Mahabir Pun on Monday, 8 June 2020

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२