उदयपुर-असार ७,२०७७
उदयपुरकै प्रमुख धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र रौता पोखरी ओझेलमा परेको छ ।रौता पोखरी को प्रचारप्रसार तिब्र रुपमा हुन नसक्दा जिल्लाकै एक मात्र पर्यटकीय गन्तव्य मानिने रौता पोखरी ओझेलमा परेको हो ।
उदयपुरको रौतापोखरी क्षेत्र समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृङ्खला,सगरमाथा,लोत्से,आमादोल्मा र पूर्वी उत्तरी क्षेत्रको अरुणबरुण हिमशृङ्खलासमेत देख्न सकिन्छ । दक्षिणतिर प्रदेश नं १ सहित प्रदेश नं २ को तराईका फाँट सप्तरी, सिरहा, जनकपुर,सप्तकोशी,इटहरी,दुहबी र विराटनगरसम्म अवलोकन गरी आनन्द प्राप्त गर्न सकिनेछ।
प्राकृतिक छटाले भरिपुर्ण भएको एस ठाउको रौता रानीको मन्दिरमा भाकल गरे आफ्नो इच्छा पूरा हुने जनविश्वास समेत छ ।एस ठाउँ मा हरेकदीन जसो भक्तजनहरु आउने गर्दछ यस ठाउँमा आफ्नो इच्छा पूरा हुने भएमा भाकल अनुसार परेवा र पाठी वली दीने गरिनछ । मुलुकमा केही अनिष्ट पर्न लागे पोखरी सुक्ने र पानी रातो रगत जस्तो देखिने स्थानीय बताउँछन् ।
“वरिपरी जङ्गलले ढाकेको भएपनि वर्षैदेखि धार्मिक आस्था र विश्वासको धरोहरका रुपमा रहेको रौता पोखरीको पानीमा रुखवाट झरेका एउटा पनि पात देखिँदैनन्,” ४० बर्षदेखि मन्दिरमा पूजा गर्दै आएका हितबहादुर मगर भन्छन्, “पानीमा पात झर्नासाथ गुलावी सिउर भएको कालो रङ्गको चराले चुच्चोले च्यापेर घाम झुल्किनु अगावै पानीबाट बाहिर निकाल्ने गर्छन्।
सदरमुकाम गाईघाटवाट ४६ किलोमिटर उत्तरमा पर्ने प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रको पुर्वको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न र रौता पोखरीको समुन्नत विकास गर्न यस पर्यटकीय क्षेत्र लाइ नेपाल भरी नै चीनाउन यस क्षेत्रमा रहेको गाँउपालीकाले यसको प्रचारप्रसारमा विषेश जोड दीन जरुरी देखिन्छ ।
आइतबार, आषाढ ०७, २०७७मा प्रकाशित गरिएको