पब्लिक समाचार

३ हप्ता अगाडि / २०  पटक हेरिएको

बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् ।यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साझा गरेकी छिन् ।

आफ्नो इन्स्टागा्रम पोस्टमा उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनसट राखेकी छिन् जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेकी छु । म आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरिरहेकी छु ।’

यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा । अलविदा ट्वीटर ।’

यसअघि यसै हप्ता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । उनका अनुसार यसले घृ’णा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ ।

हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृ’त्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो ।

थुप्रै मानिसहरुले करणले चर्चित अभिनेताका सन्तानलाई मात्रै काम गर्ने मौका दिन्छन् भन्ने आरोप लगाएका थिए । तत्पश्चात् करण जोहरले फिल्मी क्षेत्रसँग जोडिएका थुप्रलाई ट्वीटरमा अनफलो गरेका थिए । वास्तवमा सुशान्तको मृ’त्युपछि बलिउडमा नातावाद, परिवारवादमाथिको बहस व्यापक चलिरहेको छ ।

स्रोतः बीबीसी

बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]