राजविराज असार १३,२०७७
प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई राहत स्वरुप एक÷एक लाख प्रदान गरेको छ ।
प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृ-त्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् । बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए ।

उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृ-त्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे। चट्याङ लागेर ज्यान गुमाएका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर ३० वर्षीया ललितादेबी यादव ४६ वर्षीय केसी चट्याङ्ग लागेर मृ-त्यु भएको हो ।

शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]