उदयपुर-असार १३,२०७७
उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर १० मा  सार्वजनिक जग्गाको संरक्षण गर्दा  वडाध्यक्ष रामकुमार खड्कालाई नगरपालिकाको न्यायीक समितिमा मुद्धा दर्ता भएको छ ।  शहरी विकास भवन डिभिजन राजविराज सप्तरी बाट पाँच लाख र नगरपालिकाको वातवरण विकस समितिबाट पाँच लाख गरी दश लाख रुपैयाको बाल उद्यान निर्माणको काम सुरु गरेको थियो ।

वाल उद्यान निर्माण सुरु गरे संगै स्थानियले वाल उद्यान भएको क्षेत्रको जग्गा मिचेर सडक विस्तार गर्न माग राख्दै आएका थिए ।
उक्त जग्गामा सडक विस्तार हुन नसक्ने भने पछि वडाध्यक्ष विरुद्ध स्थानिय गोमा कटुवाल राउतले पूर्वाग्राहि ढंगले व्यक्तिगत स्वार्थ पुरा नहुने भए पछि पूर्वाग्रहि हिसाबले मुद्धा दर्ता गरेको वडाध्यक्ष खड्काले बताउनु भयो ।

गाईघाट फत्तेपुर सडक खण्डमा केहि बर्ष अघि एसएनआरटिपि परियोजना मार्फत सो स्थानमा १० मिटरको सडक बनाउने प्राविधिक स्टमेट रहे बमोेजिम हाल वाल उद्यान निर्माण स्थलको उत्तर पट्टिको सडक छेउमा परियोजनाले नाली निर्माण गरेको छ ।परियोजनाले नाली निर्माण गरेको स्थानबाट दश मिटर सडक छोडेर वडाले वाल उद्यान निर्माण गर्न सुरु गरे पछि स्थानिय गोमा कटुवाल राउत सहितले सडक चौडाई बढाउनका लागि दाबी गर्दै आएका थिए ।

तर सो स्थानमा सडक चौडा गर्दा सरकारी जग्गाको सदुपयोग भन्दा अन्य स्थानको तुलनामा सडक विस्तार नमिल्ने भन्दै स्थानिय सहितको साझा सहमतीमा असार ३ गते सडक १३ मिटर बनाउने गरी बाल उद्यान निर्माणको काम सुरु भएको थियो । यता असार ३ गते बाल उद्यान निर्माण गर्दा सडकको भाग १० मिटरबाट १३ मिटर छाडेर बनाउने सहमती भए पनि असार ५ गते स्थानिय गोमा कटुवाल राउत सहितका केहि व्यक्तिले वडा कार्यालयमानै आएर वडाध्यक्ष माथि गाली गलौज मानहानी हुने किसिमको अपशब्द प्रयोग गरेको स्थानिय एक प्रत्यक्षदर्शीले बताए ।

वडाध्यक्ष ले भन्नु भयो   न्यायीक समितिमा मुद्धा दर्ता गराउने स्थानिय महिला गोमा कटुवाल राउत ले   सडक चौडाई गर्नु पर्छ भन्दै निवेदन लिएर आउनु भयो दुई दिन अघि मात्र सडक चौडा गर्ने साझा सहमती भएको कारण , मैले यो मेरो अधिकार भित्र पर्दैन संबन्धित स्थानमा जानुहोस भने पछि स्थानिय महिला गोमा कटुवाल म माथि खनिनु भयो, उहाँले म माथि अपशब्दहरु प्रयोग गर्न थाल्नु भयो मैले उहाँलाई यहाँबाट जानुहोस भनेर भनेको हु तर मै माथि न्यायीक समितिमा हातपात गरेको मुद्धा हाल्नु भएछ वडाध्यक्ष खड्काले भने ।साभार -उपाहार न्यूज बाट


शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]