पब्लिक समाचार

२ हप्ता अगाडि / ८४  पटक हेरिएको

उदयपुर-असार १४,२०७७
लक डाउनको कारण घरभाडा तिर्न नसक्ने मजुदर परिवार तथा व्यवसायीलाई घरभाडामा छुट दिने तीन जना घरधनीहरु लाइ केहीदीन अघि उदयपुर उद्योग बाणिज्य संघ कटारीले सम्मान गरेको छ । घरधनी लालबहादुर सुनुवार, चक्रबहादुर माझी र पूर्णकुमार कार्कीलाई संघका अध्यक्ष पुस्कर खड्का ले सम्मान गरेको हो। लालबहादुर सुनुवारले १३ मजदुर परिवारलाई १ महिनाको भाडा वापतको रु ६६ हजार ३००, चक्रबहादुर माझीले १ पसललाई ३ महिनाको रु ३० हजार र पुर्ण कुमार कार्कीले पसल गर्ने तीन जनालाई २१ दिनको रु २२ हजार ८८० बहाल बापतको रकम मिनाह गरि दिनु भएको थियो।

उता त्रियुगा उधोग बाणिज्य संघ गाईघाट ले पनी केही दीनएता त्रियुगा न.पा. वडा नं.११ टेम्पुस्टेण्ड स्थित रहेकाे घरधनी श्री जगत वन्जारा ले घर भाडामा वस्ने व्यावसायी श्री केशवराज राउत, अरूण राणा र सागर अालेकाे ३ महिनाकाे घरभाडा छुट गर्नु भएकाे थीयो ।घरधनी श्री जगत वन्जारा लाइ अध्यक्ष गजेन्द्र भगत ले उधोग बाणिज्य संघ मा उच्च सम्मान गरीएको थीयो ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]