पब्लिक समाचार

२ हप्ता अगाडि / १०३  पटक हेरिएको

पब्लिक समाचार -असार १५,२०७७
सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश-२ मा भीटीएम किट्स अभाव भएपछि स्वाब संकलनमा कठिनाइ भएको छ।
स्वास्थ्य निर्देशनालय प्रदेश-२ का वरीष्ठ स्वास्थ्य प्रशासक विजय झाले प्रदेशमा पीसीआर परीक्षण गर्न आवश्यक भीटिएम किट्सको अभाव भएकोस्वाब संकलनमा कमी आएको बताए। उनले भने, ‘स्वाब अत्याधिक भएकोले ल्याबबाट समेत अहिले स्वाब पठाउन नभनेको र भीटिएम किट्सको समेत अभाव हुन थालेको छ, त्यसैले अहिले स्वाब कलेक्शनमा कमी आएको छ।’

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ को ८ जिल्ला मध्ये ४ वटा जिल्लामा पछिल्लो २४ घण्टामा कसैको स्वाब कलेक्सन भएको छैन भने बाँकी ४ वटा जिल्लामा कुल २ सय ११ जनाको स्वाब मात्र कलेक्शन भएको  जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा सिरहा, महोत्तरी, सर्लाही र रौतहटमा एकजनाको पनि स्वाब कलेक्शन भएको छैन्। त्यस्तै सप्तरीमा ५३, धनुषामा ९९, बारामा ३५ र पर्सामा २४ जनाको मात्र स्वाब कलेक्शन भएको छ ।

सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]