पब्लिक समाचार

२ हप्ता अगाडि / १९  पटक हेरिएको

पब्लिक समाचार -असार १५,२०७७
सबै महिलाहरुलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकीरहेका हुँदैनो । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्नसक्छ । कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपालको हेरविचार’कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल बिस्तारै सुकाउनेः कपाललाई टावेलले झटकेर सुकाउनु हुँदैन । कपाल भोएर टावेलले विस्तारै थपथपाएर सुकाउने र हावामा आफै सुक्न दिने ।

कपालमा कडा केमिकल्सको प्रयोग नगर्नेः केही कर्म’शियल स्याम्पुमा सल्फेट पाइने हुनाले कपालबाट प्राकृतिक आयल निकाली दिन्छ यसबाट कपाललाई हानी गर्छ । कपाललाई बलियो बनाउन राम्रो स्याम्पुको प्रयोग मात्र गर्ने ।

सबै प्राकृतिक हेयरस्टाइलिंग प्रविधि र उत्पादनहरुको प्रयोग गर्नेः
हानी नगर्ने सामाग्री’बाट बनाएको हेयर जेलको प्रयोग गर्दा कपाल नष्ट हुँदैन ।

दुई हप्तामा एक पटक कपालमा हेयर मास्क लगाउनेः यसले कपालबाट नमी निक्लिए पछि हुने हानीलाई कम गर्छ । यसको प्रयोगबाट कपाल नरम, मुलायम र स्वस्थ अनुभव हुन्छ ।

बाहीरी प्रदुषणबाट जोगाउनेः लामो समय घाम वा उच्च वायु प्रदुषण हुने स्थानमा जानु पहिले नै कपाल छोप्नुपर्छ ।- हेल्थ टिप्स

सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]