आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौंचुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । घरेलु विधि प्रयोग गर्ने तरीकाः

१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]