राजविराज,१६ असार ।
नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सोमबार नेपाली काँग्रेस सप्तरीले राजविराजमा प्रदर्शन गरेको छ । नाचगानसहित राजविराजस्थित पार्टी कार्यालयबाट बिरोध जुलुस गरिएको थियो ।प्रदर्शन गर्दै सहभागिहरुले वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, लकडाउन अवधीको कर र बैंक ब्याज मिनाह गर, अस्तव्यस्त क्वारेन्टाइनलाई व्यवस्थित गर लगायतका नाराबाजी गरेका थिए । बिरोध प्रदर्शनपछि जनआन्दोलन चौकमा आयोजित कोणसभामा काँग्रेस सप्तरीका सभापति दिनेश यादव,बोल्दै नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज नगरिए आन्दोलन चर्काउने चेतावनी दिए ।

शनिबार पनी जनता समाजवादी पार्टी निकट महिला संघको अगुवाइमा राजविराजमा नागरिकता विधेयक बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिएको थीयो । बिरोध प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारासहितको प्लेकार्ड लिएर बिरोध प्रदर्शन गरेका थिए ।

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]