पब्लिक समाचार

२ हप्ता अगाडि / ७६  पटक हेरिएको

पब्लिक समाचार -असार १६ ,२०७७
उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीका मृगौला पीडितको उपचारको लागि कटारी नगरपालिकाले आर्थीक सहयोग गर्ने भएको छ ।उपचारको लागि नगरपालिकाले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।२३ वर्षिय अमित आलेमगरलाई हाल टिचिङ अस्पताल महराजगंज काठमाडौंमा राखीएको छ,उपचाररत रहेका विरामीको मृगौला प्रत्यारोपण गर्नको लागि कटारी नगरपालिकाले आर्थिक सहयोगको निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठ ले बताए ।

मृगौला पीडितका बुवा भक्तबहादुर आलेमगर को भनाइ अनुसार मृगौला प्रत्यारोपणको लागि चिकित्सकले करिव ७ लाख हस्पिटलमा जम्मा गर्न अनुरोध गरेको छ । उनले भने, ‘आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफ्न्त चिनेजानेकोसँग पनि सरसापटी लिने काम भईरहेको छ । नगरपालिकाले दिएको पैसाले पुग्दैन, सहयोगी खोजिरहेको छु,

एता भने मेयर ज्ञानेन्द्र श्रेष्ठ ले ‘विपन्न, गरिव, आर्थिक अवस्था कमजोर परिवारमा गम्भिर प्रकृतिकको रोग लागेमा सरकारले नै निःशुल्क गरिदिन अनुरोध गरेको छ ।’उहाले भन्नु भयो अबका दिनमा स्थानीय सरकारले समेत आर्थीक अभाबमा परेका रोगीको उपचारको लागि कोष खडा गर्नु पर्ने बताउनु भयो ।

मृगौला पीडितको परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्न चाहानु हुनेले अमितको मोवाईल नम्बर ९८०३३९६७३९, आमाको मोबाईल नम्बर ९८२३०६१४१६ र बुबाको मोवाइल नं.९८६०२५३१५४ मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले राष्ट्रिय बाणिज्य बैंक बौद्ध काठमाडौं शाखाको खाता नं. १८८००००९५५१० मा आमा हिरामाया आलेमगर र दुर्गा खपाङ्गीको संयुक्त बचत खातामा सहयोग गर्न सकिनेछ ।

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]