पब्लिक समाचार

२ हप्ता अगाडि / ९२  पटक हेरिएको

पब्लिक समाचार -असार १६ ,२०७७
खाद्यान्न संकटकै रुपमा मानिने सलह किरा सोमबार उदयपुर को विभिन्न स्थानमा देखापरेको छ ।अफ्रिकाको मरुभूमिबाट विभिन्न देश भएर केही महिना अगाडि भारतमा धेरै किसानको अन्नबाली सखाप गरिसकेको सलह किरा सोमबार गाईघाट मा पनी देखा परेको छ।

सोमबार उदयपुर जिल्लामा देखिएको सलह बिस्तारै अन्य जिल्लाहरूमा पनि फेला परेको विवरण प्राप्त भइरहेको छ। उदयपुरको प्राय सबै स्थानीय तहमा झुण्डको रुपमा नभएर केहीको संख्यामा सलह किरा देखीन थालेको कृर्षी ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले जानकारी दिनुभयो ।

रेग्मी का अनुसार अहिले देखा परेको ले हामी डराएका छैनौँ। सलह किरा कटारी नगरपालिका वडा नं. ३, ४ को साथै वडा नं. ८ सिरिसे, उदयपुरगढी गाउँपालिका वडा नं.५ र ६ नेपालटार आसपास, लिम्चुङबुङ गाउँपालिका र बेलका नगरपालिकाको केही स्थानमा देखीएको कृर्षी ज्ञान केन्द्र उदयपुरले जनाएको छ । केन्द्रका अनुसार हाल सम्म उदयपुरमा सलहको प्रकोप ‘बालीनालीमा न देखिएको बताएको छ ।

पाकिस्तान र भारतमा सलहको प्रकोप बढेसँगै नेपालमा उक्त किरा नछिरोस् भन्ने हेतुका साथ त्यसबारे नीरंतर अध्ययन पनी गरिरहेको छ जेठ महिनाको अन्तिम हप्तामा नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको बताएको थियो।उक्त समितिले भारतको राजस्थानबाट सलह अन्तै तिर मोडिएको र नेपालमा मनसुन आउन लागेको भन्दै त्यस्तो निष्कर्षमा पुगेको बताएको थियो।तर हावाको बहावमा परिवर्तन भएसँगै सलह नेपाल प्रवेश गरेको जानकारहरू बताउँछन्।

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]