पब्लिक समाचार

१ महिना अगाडि / १२१  पटक हेरिएको

असार २७,२०७७
लामो समय देखीको लकडाउनको कारण काम गरेर खाने बिपन्न परिवार लाई हात मुख जोडने समस्या परेको ले जाल्पाले स्थानिय तह संग समन्वय गरी दाल, चामल,चिनि, नुन, तेल, सावुन, लगाएतका खाद्ध सामाग्री वितरण गरेको हो ।

विगत १० बर्ष देखी संचालन गर्दै आएको विपद व्याबस्थापन, शिक्षा तथा बाल स्पोन्सर कार्यक्रममा ५ सय ५१ घर लाई झन्डै १५ लाख मुल्य बराबरको राहात जाल्पा एकिकृत बिकास समाज उदयपुरले वल्ड भिजन इन्टरनेश्नल नेपाल संग को साझदारीमा राहात उपलब्ध गराएको छ ।

रौतामाई मा ३ सय ८० घर, लिम्चुङवुङमा ९० घर र त्रियुगा नगरपालीका को १५ वडाका ८१ घर लाई प्रतिघर ३० केजि चामल , दाल ३ केजि, नुन २ केजि, चिनी २ केजि, तेल २ लिटर ,र नुहाउने सावन ४ वटा को दरले वितरण गरेको जाल्पाका सुचना अधिकारी रुद्ध पोलरेलले वताए ।

उक्त संस्थाले जिल्लाको त्रियुगा नगरपालीकालाई ६३ सेट, रौतामाईलाई २१ सेट, र ताप्ली गाउपालीकालाई १६ गरी जम्मा १ सय थान हाइजेनीक सामागी्रहरु उपलब्ध गराएको अधिकृत पोखरेलले बताए । र कार्यक्रम विगत १० बर्ष देखी संचालन गर्दै आएको छ ।

शनिबार, आषाढ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]