पब्लिक समाचार

१ महिना अगाडि / ५१  पटक हेरिएको

असार २८, २०७७
खोलाको बाढीले बिधुत टावर बगाउदा दुई दिन देखी दिक्तेल, ओखलढुङगा र सोलुखुम्वु जिल्लामा विधुत सेवा अबरुद्ध भएको छ । निरन्तर को वर्षा पछि शनिबार दिउसो त्रियुगा नदीमा आएको बाढिले गाईघाट –दिक्तेल ३३ केभि प्रशारण लाइनको दुई वटा टावर बगाएको बिधुत प्राधिकरण गाइघाटका प्रमुख रोशन कुमार सिंहले बताए ।

खोलाको बिचमा गाडेको दुई वटा विधुत टावर बगेपछी तिन जिल्लामा शनिबार दिउसो देखी बत्ति अबरुद्ध भएको उनले बताए । अहीले सो क्षेत्रमा विद्युतको अभावमा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको छ । अवरुद्ध विद्युत नियमित गराउनका लागि प्राविधिक टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ।

आइतबार, आषाढ २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]