पब्लिक समाचार

३ हप्ता अगाडि / २३  पटक हेरिएको

श्रावण- ६,२०७७
गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार’ सार्वजनिक भएको छ । गीतमा समसामयिक बिषयलाई समेटिएको छ । पछिल्लो समय बजारमा यो गीत चर्चित छ । दुर्गेशले बिच्च बिच्चमा–३ ‘बेसार पानी’ गीतलाई इनाक्क्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् । सार्वजनिक भएको गीत युट्युबको ट्रेन्डिङमा ६ मा रहेको छ ।

दुई साता अगाडिमात्रै दुर्गेशको ‘बिच्च बिच्चमा–२’ सार्वजनिक भएको थियो । एउटा फोटो खिच गीतलाई दुर्गेशले तीज गीत भनेर ल्याए, तर अहिले आएको गीत पहिलाका दुई गीत भन्दा फरक छ ।

गीतमा संगीत पहिलेका दुई गीत जस्तै झ्याम झ्याम गर्ने ड्रम अनि गितारको मिश्रण छ । दुर्गेशको पहिलेकै टोली यो गीतमा नाचिरहेका छन् । भिडियोमा टीसर्ट र जिन्समा ठाँटिएका युवाको एक जमात एकै छिनमा सारी र ब्लाउजमा देखिन्छन् । ‘बेसार पानी’ गीतलाई गायक बसन्त थापाले लेखेका हुन् भने संगीत पनि बसन्त थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापालगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतमा वाइडबडी विमान अनि ३३ किलो सुनको कुरा उठाउँदै अप’राधी बचाइएको र राष्ट्रघात गरिएको कुरा पनि उठाइएको छ । यस्तै छिमेकी देशको विस्तारवादको कुरालाई पनि समेटिएको छ । केहिसमय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानीले कोरोनाबाट बच्न मद्दत गर्छ भन्ने अभिव्यक्ति दिएपछि बेसार पानीको खुब चर्चा चलेको थियो ।

मंगलबार, साउन ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]