पब्लिक समाचार

७ महिना अगाडि / १६८  पटक हेरिएको

हामी रंगकर्मी
सरकार
हामी नाटक गर्छौ
बुझ्नेले रंगकर्मी भन्छन
नबुझ्नेले जे भने पनि फरक पर्दैन ।
सरकार
हामी समाजको अलिखित र अदृष्य आयामह?
चलायमान गर्छौ,
आवाज भर्छाै
रंग भर्छौ
जसबाट
समाजले देख्न सक्छ,
महशुस गर्न सक्छ
बुझ्न सक्छ,
सरकार
यही हो हाम्रो कर्म
हामी हाम्रो यही कर्मको लागि ठाउँ चाहान्छौँ
तेही कर्मबाट आत्मनिर्भर हुन चाहान्छौँ
हामी पनि साथीह?लाई बोलाउँन चाहान्छौ
देखाउन चाहान्छौ
यो हो हाम्रो ठाउँ,
यो हो हाम्रो संस्कार
यो हो हाम्रो पहिचान
हामी हामै्र भाषाबाट सुनाउन चाहान्छौँ
हामी हाम्रै हाउभाउबाट देखाउँन चाहान्छौँ
हामी हाम्रै शैलीबाट बुझाउन चाहान्छौँ
सरकार
गोप्य कुरा त केहो भने
हामी हाम्रो सृजनाबाट
हामी हाम्रो ठाउँमा आन्तररिक तथा वाह्यपर्यटक भित्राउन चाहान्छौ
हामी हाम्रो नगरलाई शिक्षित, स्वास्थ्य र सम्पन्न नगर बनाउन चाहान्छौँ
हामी हाम्रो कला, साहित्य, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न चाहान्छौँ ।
हामी हाम्रो नाटक घर बनाउ चाहान्छौँ ।
सरकार
हामीसँग धितो राख्न
फोटोकपी गर्दा गर्दै मैली सकेको नागरिकता
एप्लाइ गर्दा गर्दै मिति सकिसकेको राहादानी
बाहेक अरु केही छैन
सक्नुहुन्छ भने
राखी दिनुस् नागरिकता
राखी दिनुस् राहादानी
र उपलब्ध गराइदिनुस्
नाटकघर बनाउने जग्गा

गोठकृष्ण ठकुरी
त्रियुगा न.पा.–३ उदयपुर

मंगलबार, साउन ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२