पब्लिक समाचार

३ महिना अगाडि / ८९  पटक हेरिएको

श्रावण-८,२०७७
निर्माणधिन मदनभण्डारी राजमार्ग हुँदै यात्रा गर्दा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा न ७ र ८ एउटा मनमोहक झरना देखिन्छ।
त्यही झरना अहिले अन्तरिक पर्यटकहरुको प्रमुख रोजाईमा पर्दै गएको छ ।

राजमार्गसँगै रहेको उक्त सुन्दर अधेँरी झरनाले जो कोहीको म तान्न थालेको छ । नेपालटार मदनभण्डारी राजमार्ग भएर यात्रा गर्नेहरु बीचमै यात्रा रोकी झरनासँग माया पिरती लगाउन थालेका छन । निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् ।‘झरनामा रमाउँदै, तस्वीर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन्,’ स्थानीय होम बस्नेतले भने, ‘विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण झरनामा रमाउन धेरै आउने गरेका छन।’

जिल्लाका कात्र नभएर गर्मीको मौसममा यो झरनामा गर्मी छल्न २ नंम्बर प्रदेशबाट समेत बाक्लो संख्यामा पर्यटकहरु आउने गरेको र अहिले लकडाउनमा समेत बिदाको दिन र शनिबार अधेँरी झरनामा घुम्न आउने पर्यटकहरुको घुईचो लाग्ने गरेको बस्नेतले बताए।उदयपुरगढीका गाँउपालिका स्थानीय युवा रितराज गिरीले झरना निकै मनमोहक भएकाले व्यवस्थीत गर्न नसक्दा पनि अन्तरिक पर्यटनको केन्द्र बनेको बताए। ‘यहाँ आउने जोकोही पनि मोहित हुने गर्छन, सरकारले घोषणा गरेको नेपालका एक सय प्रमुख पर्यटकिय गन्तब्य मध्ये उदयपुरगढी गाँउपालिका पनि एक हो ।

झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ। उदयपुरका पत्रकार अभि लामिछानेले पर्यटकीय क्षेत्रको पुर्वाधार अधेँरी झरना एक कोशेढुँगा सावित भएको बताए।झरना निकै राम्रो छ, पहिरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ’, उनले भने, ‘यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

झरनामा उदयपुर सिराहा सप्तरीका आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि उदयपुरगढी गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान भने खासै दिएको छैन ।गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले झरनामा पर्यटकको चहलपहल बढ्न थालेकाले दुई वटा झरनाको पूर्वाधार निर्माणको लागि कुरा भैरहेको बताए।

पर्यटनको सयांै गन्तव्य मध्य उदयपुरगढी एक गन्तव्य पर्न सफलभएकोले छिटै यसको पूर्वधार निर्माणमा लाग्र्ने अध्यक्ष मगरले बताए।
मदनभण्डारी राजर्मागको छेउमा भएको र उदयपुरको बिच भागमा रहेकोले व्यवस्थित गर्ने हो, भने अधेँरी झरना पर्यटन भित्र्याउने निकै ठुलो माध्यम बन्न सक्छ । साभार -उज्यालो पाटी

बिहिबार, साउन ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२