पब्लिक समाचार

२ हप्ता अगाडि / ९८  पटक हेरिएको

श्रावण-११,२०७७
बेलका नगरपालिकामा भ्रष्टचार भएको भन्दै नागरिक सचेतना (भण्डाफोर )अभियान शुरु गरिएको छ ।स्थानीय पाँच राजनितिक दलले आईतबार आयोजना गरेको भण्डाफोर अभियान शुरु गरेका हुन् ।नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी लगायतले शुरु गरिएको अभियान मुख्य चोक लागायत सुफाडे, लालबाजर हुँदै सोमबारे कोशी परीकर्मा गरि कोणसभाकोणसभा गरेको जनता समाजवादीका नगर अध्यक्ष सुरेन्द्र राईले बताए ।

अभियानलाई जारी राख्दै भोली नगरपालिकामा धर्ना तथा रिले अनसनसमेत बस्ने कार्यक्रम रहेको अभियन्ता नेका महासमिति सदस्य अशोक कार्कीले जानकारी दिनुभयो ।

आफ्नो पालिकामा साधारण पंखा र स्काईभेटर खरिदमा सामान्य कर्मचारीबाट भ्रष्टचार मौलाएको भनि गत बुधबार राती उपमेयर राजकुमारी चौधरीले आफ्नो फेसबुकमा स्टाटस लेखेकी थिईन् । सो स्टाटस पछि नगरपालिकाको जिम्मेवार व्यक्तित्वबाट भ्रष्टचार भएको सामाजिक सञ्जालमा व्यक्त गर्नु दुःखद् भएको भन्दै त्यहाँ कृयाशिल राजनितिक दलहरुले गत ९ गते विज्ञप्तिसमेत जारी गरिसकेका छन् ।

आइतबार, साउन ११, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]