पब्लिक समाचार

४ महिना अगाडि / ६२  पटक हेरिएको

साउन १२,२०७७
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धमाधाम तीजका गीत निस्किन थालेका छन् ।कोरोनाको कारणले चार महिनाको लक डाउन सकिए सगै बजारमा तीजको तीज सार्वजनिक हुन थालेको छ । यसपालिको तीजमा रेस्लर तथा कलाकार अस्मिता सुनार (जुरेली) पनि तीज गीत लिएर आएकी छिन् ।अस्मिता जुरेलीको स्वर रहेको ‘मान्देउन शिव जी’ बोलको सार्वजनिक गीतमा शिवम अधिकारीको शब्द रहेको छ।

गीतमा ओम सुनारको संगीत रहेको छ । मान्देउन शिव जी’ बोलको गीतमा अस्मिता जुरेलीको बेजोड नृत्य देख्न सकिन्छ ।गीतमा अस्मिता जुरेलीसगै दुर्गेश थापा,रविन्द्रप्रताप सेन ,लोमश शर्मा ,नरेश सिंह, समिर खान,प्रेम खड्का ,कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत,धुर्व हिमाली आदीको कलाकारको अभिनय रहेको छ ।गीतको भिडियोमा रेस्लर द हिमालयन टाईगर र भगवती खड्कालाई पनि देख्न सकिन्छ । बजारमा निस्किएको भन्दा अलि फरक सैलीमा निर्माण गरिएको गीतको भिडियो कोरियोग्रफी तथा निर्देशन शिव बिकले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको गीतलाई समिर मियाले सम्पादन गरेका हुन्

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२