पब्लिक समाचार

२ हप्ता अगाडि / १२९  पटक हेरिएको

साउन १३ ,२०७७
कटारी । उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ३ र ४ मा सडकबत्ती जडान गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवन्धक कुलमान घिसिङ्गलाई कटारी नगरपालिकाले बत्ती जडानका लागि माग गरेको हो । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार प्रवन्धक घिसिङ्गले कामका लागि आदेश दिईसक्नुभएको छ।

चालु आर्थिक वर्षमा नगरसभाबाट लागत सहभागिताका लागि भएको निर्णय बमोजिम बत्ती जडान गर्न नगर तयार रहेको पनि श्रेष्ठले बताउनुभयो ।बजरका लागि २ सय ६० र वडा नम्बर ४ का लागि ३ सय थान सडक बत्ती जडानका लागि माग गरिएको छ ।
त्यसैगरी कटारीकै वडा नम्बर ४ को ककरु नदी नियन्त्रण , तावा नदी नियन्त्रण कटारी बजार वसपार्क र कमला नदी नियन्त्रण कटारी १ र २ का लागि पनि नगरले उर्जामन्त्री वर्षमान पुनसँग माग गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

मंगलबार, साउन १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]