पब्लिक समाचार

२ हप्ता अगाडि / ३९  पटक हेरिएको

साउन १३ ,२०७७
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।

पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ । तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादु थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ। स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।

स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद स-मा-धा-न-का लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ। दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

मंगलबार, साउन १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]