पब्लिक समाचार

२ हप्ता अगाडि / ७२  पटक हेरिएको

साउन १६,२०७७
उदयपुरको मालपोत कार्यालय बोक्सेका एक कर्मचारीमा कोरोना सं-क्र-म-ण पुष्टी भएको छ ।मालपोतको एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गर्दै मालपोत कार्यालय सिल गरिएको र एक जिल्लाबाट अर्को जिल्ला र अन्य जिल्लाबाट यस जिल्लामा आउनेहरुको लागि पनि कडाई गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।

कर्मचारीमा सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्टेसिङ पछि मात्र थाहा हुने बताईएको छ ।यस्तै विहिबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना सं-क्र-म-ण देखिएको थियो ।उदयपुरमा हालसम्म कोरोना सं-क्र-मि-त-को संख्या ८८ पुगेको छ ।

शुक्रबार, साउन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]