पब्लिक समाचार

२ हप्ता अगाडि / ६५  पटक हेरिएको

साउन १७,२०७७
प्रदेश सरकारसँग समन्वय गरी उदयपुरको कटारीबाट १० जना सडक आश्रितको शनिबार उद्दार गरिएको छ ।कटारी बजारदेखि भोर्ले, बेलसोतसम्मका ६ जना पुरुष र ४ महिला गरी कुल १० जना सडक जीवन बिताइरहेका नागरिकको उद्धार गरिएको हो ।

सडकमा आश्रय लिन पुगेका व्यक्तिहरूलाइ समाजमा पुन:स्थापना गर्ने साथै असहाय, अशक्त, अपांग, मानसिक रुपमा कमजोर र अन्य कुनै कारणबाट जटिल अवस्थामा पुगेका व्यक्तिहरू जिविकोपार्जनकै लागि सडकमा माग्नुपर्ने अवस्थामा ओर्लिनु नपरोस भन्ने लक्ष्यका साथ अघी बढेको कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन्। ।

श्रेष्ठले भने निःस्वार्थ भावले मानविय कार्यमा जुटेको बताउदै उनले यस्तो कार्यमा जुट्न सबैमा आग्रह गर्दै प्रदेश सरकारसँग समन्वय गरी सडकमा आश्रित मानिसहरुलाई तत्काल मानव सेवा आश्रममा लगॆएको छ।

उनीहरुलाई आश्रममा बस्ने वातावरण तयार पारिने सीपमूलक तथा आयमूलक स्वरोगार कार्यक्रम अन्तर्गत तालिमहरू संचालन गरी आश्रितहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने गर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ले बताए ।

आइतबार, साउन १८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]