पब्लिक समाचार

१ हप्ता अगाडि / २११  पटक हेरिएको

साउन १७,२०७७
उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा आइतबार बाट सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । एटिएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क-प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

आइतबार, साउन १८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]