पब्लिक समाचार

३ महिना अगाडि / ८२  पटक हेरिएको

‘अमेरिका बोइज’ निर्देशन गरेका निर्देशक प्रवेश पौडेलले नयाँ फिल्म निर्देशन गर्ने भएका छन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह,‘प्रेमगीत ३’का कलाकार मनिष राउत र अर्की नायिका आना शर्मालाई यस् नयाँ चलचित्रमा अनुवन्धित गरिएको छ ।

नायिका साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

सिबड्स पिक्चर्स र सौर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञी र आना जोडिएसँगै टिमअप बलियो देखिएको छ ।

चलचित्रको स्क्रिप्टको काम भैरहेको भन्दै निर्देशक प्रवेशले नाम तय नगरिएको बताए । यूवा मनोविज्ञानमा आधारित रहेर यो चलचित्र बनाइनेछ । चलचित्रका लागि अझै एक जना पुरुष र एक जना महिला कलाकारको जरुरत रहेको निर्माणटिमले बताएको छ । यसका लागि अडिसन मार्फत कलाकार छानिने बताइएको छ ।

कोरोना महामारीपछि सहज वातावरण बनेपछि चलचित्रको छायांकन सुरु हुनेछ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा छत्रजंग पाण्डे र अनुप पौडेलको लगानी रहनेछ । करन साउद यसका सह–निर्माता हुन् ।

सोमबार, साउन २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२