पब्लिक समाचार

३ महिना अगाडि / ७०  पटक हेरिएको

चीनको सिनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियामा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको तेस्रो वा अन्तिम चरणको परीक्षण शुरु गरेको छ । सिनोभ्याकले इन्डोनेसियाको पीर बायो फर्मासँग मिलेर यो खोप बनाएको हो । मंगलबार शुरु भएको यो चरणको परीक्षण एक हजार ६२० संक्रमितमा गरिएको हो ।

सोमबार सिनोभ्याकले दोस्रो चरणको नतिजा पनि सार्वजनिक गरेको छ । दोस्रो चरणमा यो खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित पनि देखिएको छ । कोरोना भाइरसविरुद्धको खोप निर्माणको क्रममा अन्तिम चरणको परीक्षणमा पुगेका केही कम्पनीमध्ये सिनोभ्याक पनि एक हो । यसअघि नै यो कम्पनीले ब्राजिलमा आफ्नो तेस्रो चरणको कोरोना भाइरसविरुद्धको परीक्षण शुरु गरिसकेको छ । साथै सिनोभ्याकले बंगलादेशमा पनि आफ्नो खोपको परीक्षण गर्ने तयारी गरिरहेको छ ।

इन्डोनेसियामा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख २७ हजार नाघिसकेको छ । चीनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या निकै कम रहेकाले चिनियाँ कम्पनीले अन्य मुलुकमा खोप परीक्षण गरिरहेको छ ।

बुधबार, साउन २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२