पब्लिक समाचार

२ महिना अगाडि / १४९  पटक हेरिएको

भदौ ४,२०७७
मोटोपन बढेको कारण धेरैलाई चिन्ता भएपनि घटाउने उपायहरु अहिले लकडाउनका कारण पनि कम छन् । जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन मिल्दैन भने घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झटिलो लाग्छ । दैनिक गर्नुपर्ने शारीरिक अभ्यास लाई नै झंझट मान्नाले पनि धेरै ब्यक्तिहरु लकडाउनमा थप मोटाउन थालेका छन् ।

शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो । अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरु लाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् ।

एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन ।

यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ ।

१.मनतातो पानी पिउनुहोस्ः-दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।

२.बदाम (एल्मोन्ड):-दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।

३.सौफ मिसिएको पानीः-एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ ।

४.दहीः-दैनिक रुपमा एक कचौरा दही खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ ।

५.हरियो सागसब्जीः-खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।

६.ब्रेकफास्टः-बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।

७.खाना खाँदा पानी नपिउनुहोस्ः-खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।

८.एकैपटक नखानुहोस्ः-खाना खाँदा एकैपटक नखानुहोस् । आफ्नो खानालाई २ वा ३ घण्टाको ग्यापमा खानुहोस् । यसले पेटको फ्याट घटाउँछ ।

९.ग्रीन टीः-ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।

१०.महः-नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।

११.मर्निङ वकः-नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ ।

१२.सोडा खाने बानीलाई त्याग्नुहोस्ः-कार्बोनेटेड पेय पदार्थले तपाईंको पेट बढाउने भन्दा केही फाइदा पुर्याउँदैन । त्यसकारण आफ्नो यस्तो बानी छ भने आजदेखि नै छोड्नुहोस् । यसको सट्टा पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

बिहिबार, भाद्र ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२