पब्लिक समाचार

२ महिना अगाडि / २१९  पटक हेरिएको

नमस्कार बाबु
हुन्न हुन्न बाबु
अंगालो मार्न हुन्न
माया मासिन्छ
संस्कार हराउँछ
चाहाना घट्छ
आउनुस् बाबु
पीँढिमा बसुम्

अब के ले स्वागत गराँ त हजुरलाई
एक ढिका नुन
एक ढिडी खुर्सानीमा गन्द्रुक साँधेर
एक डल्लो ढिडो खाम् भनुम् भने
मंहगो भैगो
लोकल भाले खोजेर ले भन्न पनि
छोरो हजुरहरु कै देश तिर बस्छ
विहानै पारेको एक ठेकी महि सारेर देऊ भन्नलाई
बुहारी सदरमुकाम तिरै बस्छे

आफैले खान राखेको एक घेम्पा जाँड छ
एक बटुको खानुहुन्छ ?
फेरि मातेर हाम्रै खोलानाला जस्तो
अर्काको बाली माड्दै हिड्नु होला नि
आफ्नै बारीको गाँजा छ
एक सर्को तान्नु हुन्छ ?
फेरि तानेर हाम्रै पाखाको पहिरो जस्तो
जहाँ पायो तेहीँ भक्लक भक्लक लड्नु होला नि

के हेर्नु भा’को ?
त्यो ओल्लो छेउ, पल्लो छेउ गरेर उक्लिरहेको बाटो
त्यो त हामीले नै
तेर्सो खोज्दै जानेह?लाई
फर्किन सजिलो होस भनेर
बनाएको बाटो हो बाबु
कहिले कहीँ हामी पनि
छोराछोरीको गम भुलाउनु
मातेर लर्खराउँदै हिड्छाँै

खिच्नु बाबु खिच्नु फोटो
त्यो गजधुम्म परेर बसेको पहाड
खुब मनपराउँछन् सबै
फोटोमा
हाम्रो लागि त यो काल पर्खेर बस्ने
चिहान हो बाबु
मेरो नि खिच्ने हो
मसँगसँगै बुढो हुँदै गएको
यो घर पनि आओस है बाबु
अनि
हजुरहरु कै देश तिर बस्ने छोरोलाई देखाइदिनु होला
आफुले खेलेको ठाम सम्झेर चाँडै फर्किन्छ कि

गोठकृष्ण ठकुरी
मोतिगडा ३ उदयपुर

शुक्रबार, भाद्र १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२