पब्लिक समाचार

१ महिना अगाडि / १८१  पटक हेरिएको

गोठकृष्ण ठकुरी – भाद्र २७-२०७७
मोतिगडा ३ उदयपुर
म घरको जेठा छोराको जेठा छोरा । जतिबेला म जन्मिए तेतिवेला मलाई हेरेर काकाले म जस्तै छ ।फुपुले म जस्तै छ । हजुरआमाले म जस्तै छ । सबै परिवारले म जस्तै छ भने । अरुले पनि कोही न कोही जस्तो भनिदिइरहे । विचरा वहाँहरुलाई के थाहा अरु जस्तो हुनलाईमेरो आविस्कार भएको होइन भन्ने जब मेरो हर्कत थाहा पाएत्यसपछि सबैले मलाई आफुजस्तोबाट पन्छाइ दिए
बुवाले मलाई राम्रो स्कुल, राम्रो शिक्षा दिने ठाउँ हेरेर सदरमुकाम झार्नु भयो । त्यो राम्रो स्कुलको राम्रो शिक्षाले मेरो तिक्ष्णबुद्धिको अगाडि घुडा टेक्यो ।म पाँच कक्षामा पुग्दा नपुग्दै पढाइदेखि बाहेक सबै कुरामा जान्ने भएँ । त्यसपछि बुवाले घरशिक्षक राख्नु भयो । ऊ महिनाको सय रुपिया लिन्थ्यो । १० रुपियाको पढाउँथ्यो । बाँकी ९०को मेरो पिटाइ कार्यक्रम गथ्र्यो ।मेरो पिटाइ कार्यक्रममा प्राय बुवाले साथ दिनुहुन्थ्यो । कहिले काँहीकाका फुपु पनि हात बढाउनु हुन्थ्यो ।जुन दिन म रुएको छिमेकीले सुन्दैन थियो ।त्यो दिनको भोलीपल्ट उनीहरु सोध्थे । बाबु विरामी छ कि क्या हो ?कि कतै गा छ ? म पास भएको बेला बुवाले बजारबाट नयाँ जुत्ता किनेर दिनुहून्थ्यो । फेल भएको बेला
आफ्नै जुत्ता दिनु हुन्थ्यो । यसरी बाललिला देखाउँदैमैले एस.एल. सि. पास गरेँ । बुवाले ठिक समयमा छोरा क्याम्पस पुगोस भनेर बाइक किनिदिनु भयो ।त्यसपछि म क्याम्पसदेखि बाहेकठिक समयमा काहाँ कहाँ पुगिन । एक दिन ठिक समयमा घरमा पुलिस आइपुग्यो ।त्यसपछि म ठिक समयमा ठिक ठाउँमा पुगेँ । जेलको तिर्थयात्राबाट फर्किए पछि बुवाले तैँले केही गरिनस् विवाह गर भन्नुभयो । जग्गेमा थोरै के हात समाएको थिएँ । अरु बाँकी आजसम्म उनकै खुट्टा समाइरहेको छु ।त्यतिवेला पण्डितले दायाँ राख् बायाँ राख् भन्नु भन्दा सिधै टाउकोमा राख् भन्दिएको भए आज सबै पति भ्रमबाट मुक्त हुन्थ्यो होला ।

शनिबार, भाद्र २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२