पब्लिक समाचार

१ महिना अगाडि / १०४  पटक हेरिएको

उदयपुर-अशोज ४,२०७७
उदयपुरको बेलका नगरपालिका ९ मुर्ति खोला पुलमा मोटर साइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते भएका छन् । लालबजारबाट रामपुर तर्फ जाँदै गरेको को ६ प ३३४२ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको को २६ प ५०४४ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा तीन जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनालले जानकारी दिए।
दुर्घटना हुनेमा २२ वर्षिय राजेश कार्की १४ वर्षिय ऐलान राई १५ वर्षिय संदिप नेपाली रहेका छन् भने राजेश कार्कीको अवस्था गम्भिर रहेको र उनीहरुको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भईरहेको ट्राफिक प्रहरी प्रमुख खनालले जानकारी दिए ।

आइतबार, आश्विन ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२