पब्लिक समाचार

१ महिना अगाडि / ६७  पटक हेरिएको

सोमवार, अशोज ५, २०७७
आफूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर अन्यौलमा हुनुहुन्छ? तपाईंहरूलाई अब यस्तो अलमल नहोस् भनेर ‘हेल्थ एट होम’ ले सजिलो बनाएको छ। हेल्थ एट होमले कोभिड–१९ पोजेटिभ वा शंकास्पद लक्षण देखिएका बिरामीलाई घरमै गएर सेवा दिने भएको छ।

दश जना चिकित्सकको टिमले कोभिडका कुनै पनि शंकास्पद बिरामीलाई अलमल नहोस् भन्ने उद्देश्यले यस्तो सेवा सुरू गरेको सोही टिमका एक जनरल फिजिसियन डा. विशाल ढकालले जानकारी दिए।

‘यस्तो सेवा दक्षिण एसियामै पहिलोपटक हो। कोभिड–१९ संक्रमित वा शंकास्पद बिरामी जो होम आइसोलेसनमा हुनुहुन्छ। उहाँहरू हाम्रो सम्पर्कमा आएमा सजिलै घरमा गएर सेवा दिन्छौं। उहाँहरूलाई यसले सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘धेरै मानिस अन्यौलमा हुन सक्नुहुन्छ। यसको समाधान हुनुपर्छ, केही हदसम्म हामी गर्न सक्छौं भनेर नै यो सेवा सुरू गरेका हौं,’ उनले थपे।

यसअघि होम आइसोलेसन कार्यक्रम समेत चलाइरहेको उक्त टिमले यो सेवा आइतबारदेखि सुरू गरेको हो।होम आइसेलेसनमा भएकालाई १० देखि १५ जनाले सहयोग गर्नेछन्। जसअन्तर्गत, चिकित्सक, विशेष चिकित्सक, नर्स, कार्डियोलोजिस्ट, नाक, कान, घाँटीका डाक्टर लगायत छन्।

डा. ढकालका अनुसार चिकित्सकले यसरी सेवा दिएवापत शुल्क भने तिर्नुपर्छ। सर्वसाधारणले यो सेवा लिन ९८१८३६०१६६ मा सम्पर्क गर्न सक्छन्। साथै ह्वाट्स एप, भाइवरबाट पनि जानकारी दिन/लिन सक्ने बताइएको छ। १२ वर्ष अघिदेखि सञ्चालनमा रहेको हेल्थ एट होमले यसअघि देखि नै सम्पर्कमा आउने बिरामीलाई घर–घरमै गएर सेवा दिँदै आएको जनाएको छ। सेतोपाटी बाट

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२