पब्लिक समाचार

१ महिना अगाडि / ६२  पटक हेरिएको

सोमवार,अशोज ५,२०७७
सर्लाही, जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।

जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा,भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करिब एक हजार बिघा जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । रासस

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२