पब्लिक समाचार

१ महिना अगाडि / ७९  पटक हेरिएको

सोमवार,अशोज ५,२०७७
उदयपुर
अवैधरुपमा काठ चोरी तस्करी गरेको आरोपमा पक्राउ परेका उदयपुरका चार जना कारोवारीलाई प्रहरीले आईतबार डिभिजन वन कार्यालय गाईघाटलाई बुझाएको छ । जंगल क्षेत्रमा काठ काट्दै गरेको विशेष सूचनाका आधारमा जोगिदह प्रहरी चौकीबाट खटिएको टोलीले शनिबार राती त्रियुगा नगरपालिका २ का ५० बर्षिय कल्सु चौधरी, २८ बर्षिय अबिर चौधरी, २६ बर्षिय सुरज थापा र २६ बर्षिय पवन खत्रीलाई पक्राउ गरेको हो ।

वन ऐनअन्र्तगत अनुसन्धान र कार्वाही गर्न सम्बन्धित कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए । प्राकृतिक स्रोत साधनको अबैधरुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्र्तगत प्रहरीले त्रिनपा जोगिदहस्थित कङ सामुदायिक वन समुहबाट सखुवा काठसहित पक्राउ गरेको उनले बताए ।

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२