पब्लिक समाचार

१ महिना अगाडि / ६४  पटक हेरिएको

सोमवार,अशोज ५,२०७७।
काठमाडौं ।नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सेयरकाष्ट इनिसएिटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रमगरी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ महामारीको समयमा पत्रकारको पेशागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताउनुभयो ।शेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमी चापागाइँले सर्वेक्षणमाअपनाइएको विधि र नमुना छनौटकाबारेमा प्रकाशपार्नुभयो । त्यसैगरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा सावित हुने बताउनु भयो ।

महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले मिडिया सञ्चालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताउनु भयो ।महासंघका पूर्व अध्यक्ष शिव गाँउलले सर्वेक्षणले कोभिड १९ महामारीले पत्रकारको पेशागत सुरक्षामा ठूलो असर पारेकाले पेशागत संकटमा परेका पत्रकारको बारेमा महासंघले पहल कदम लिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरु लगायत सञ्चारविज्ञहरुको सहभागिता रहेको थियो ।

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२