गोठकृष्ण ठकुरी – बुधबार,अशोज ७,२०७७
मोतिगडा ३ उदयपुर
गोप्य है गोप्य
ए होर, कठैबरा
राम राम,
खपिसक्नु छैन
छि छि छि
होला होला
हा हा हा
नसक्नु को छ
असतिलाई के गर्नु
ए साँच्चै
कहाँ हुनु नि
भेटेको रे फलनाले
देखेको रे फलानाले
ए तेस्तो पो रैछ
भन्थ्यो
त्यति मात्र हो र
अलि यता सुन्नुन
खासखुस खासखुस
हा हा हा
मरे छ त
कम्ता हो र
त्यसै त्यसै मै मत्ता हुनि हो
बोल्नु नि छैन
चल्नु नि छैन
हे छोड्दिम
उल्ले पाए छोड्थ्यो
मान्छेबाट गल्ती भईहाल्छ नि
अब त चेत्यो होला नि
आ अर्काको के कुरा गर्नु
म त हिँडे है
गोप्य है गोप्य