पब्लिक समाचार

४ हप्ता अगाडि / १३९  पटक हेरिएको

सुक्रबार,अशोज १६,२०७७
गोठकृष्ण ठकुरी उदयपुर।
कविता
मालिक किन आउनुहुन्छ ?पटक पटक हामीसँग जिस्कन हामीलाई जिस्कन आउँदैन मालिक
हाम्लाई पटक्कै आउँदैन गाली गर्न पनि सभ्य भाषा प्रयोग नहोला अपशब्द, अश्लिल शब्दहरु फुत्केला
फेरि हजुरको प्रतिष्ठामा ठेसपुग्ला मालिक ।

हामीलाई नदेखाउनुस् दुइदिनको जिन्दगीमा चारदिनको रमिता भो मालिक हामीलाई पुग्यो मालिक
हाम्ले मालिक नै मान्न पर्छ भने जो आए नि भै गो नि हामी घाँस काटेर विगौति खाम्ला
हजुरलाई नि कोसेली नै चाहिने भेटी नै चाहिने उपहार नै चाहिने चाप्लुसी नै चाहिने
नाता नै चाहिने फरिया नै चाहिने भएपछि हाम्रो लागि निरंकुस होस कि प्रजातन्त्र, गणतन्त्र जे सुकैहोस्
जो सुकैहोस् मालिक मान्नु त हो नि मान्दिम्ला मालिक हामीलाई अनुभव पनि छ भो मालिक हामीलाई पुग्यो।

तर बिन्ती मालिक हाम्रो आँसुसँग नखेली दिनुस् यत्ति गर्नु भयो भने
हामी देउताले त गरेन मान्छेले के गर्छ भनेर चित्त बुझाउँछौँ हाम्रो भाग्यमै यस्तो भनेर मन भुलाउँछौँ
हजुर आउँदा फुलमाला लिएरै बस्छौँ हजुरलाई रिझाउनै प्रयास गर्छौ आफ्नो मालिकलाई खुसी पार्न
कल्लाई मन हुँदैन र मर्जिहोस् मालिक हजुरको आज्ञा शिरोपर छ ।

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२