पब्लिक समाचार

३ हप्ता अगाडि / ३७  पटक हेरिएको

चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनस् सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो।

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई -सिजन २ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए।

नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ।

जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्।

उनले भने, “नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।”

हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्। कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।

पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्। उनले निकट भविष्यमा टेलिभिजनको पर्दामा जानकारीसमेत दिएकी छिन्।

सोमबार, आश्विन १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२