पब्लिक समाचार

३ हप्ता अगाडि / ८४  पटक हेरिएको

बुधवार,अशोज २१,२०७७।
अहिले स्वास्थ्यमा कुनै समस्या देखिए धेरैलाई चिन्ता हुन्छ, कोरोना त होइन । तर, मौसम बद्लिने यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । खासगरी खोकी लाग्ने कफ जम्ने समस्यामा यी घरेलु उपचार प्रभावकारी हुनसक्छ । ।

मह र कागती
एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले घाँटीलाई आराम पुर्याँउछ ।
महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।

मरिच
मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रशवसको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई समाप्त गरिदिन्छ ।मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । शरीरमा बन्ने एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउन सकिन्छ ।

तातो पानी
कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुपर्छ । यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि आफूलाई हाइड्रेट राख्न सकिन्छ ।

नुनपानीले कुल्ला
नुन पानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

बेसार
तातो पानीमा एक चम्चा बेसार मिसाउनुपर्छ । बेसामा कुरक्युमिन नामक एक तत्व पाइन्छ । जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियत गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२