पब्लिक समाचार

३ हप्ता अगाडि / २१०  पटक हेरिएको

बिहिबार, अशोज २२,२०७७
धनकुमार श्रेष्ठ
महासचिव, नेपाल लाइब्रेरी फाउण्डेशन
ज्ञान, सूचना र सिप विकासको उपयुक्त स्थल जहाँबाट समग्र ज्ञान आर्जन गरिन्छ र बाँडिन्छ पनि, त्यसलाई पुस्तकालय भनिन्छ। जीवन, जगत र परिवेशलाई पठनअभ्यासमार्फत् सकारात्मक परिवर्तनको माध्यमबाट सहि मार्गदर्शन गर्ने र ज्ञानयुक्त मानवीय समाज स्थापनामा सहयोग गर्ने एकमात्र बिकल्परहित अपार ज्ञानको भण्डार नै पुस्तकालय हो।
यस्ता पुस्तकालयहरूमा ज्ञानपिपासुहरू पुस्तकालयमै गएर वा घर/कार्यस्थलमै बसेर अनलाईन वा अफलाईन, भौतिक (म्यानुअल) वा डिजिटल (ई-पुस्तकालय) को रस्वादन लिइ आफ्नो दिल-दिमागलाई नियमित अपडेट गरि यहि थलोमा ज्ञानको भोक मिटाउन सक्छन्, आफ्नो जीवनलाई परिष्कृत गर्न सक्छन् र समाज र राष्ट्रलाई सहि दिशामा हिडाउन योगदान गर्छन्। यसर्थ पुस्तकालयको महत्व/महिमा अपरंपार छ।
यस अन्तरगत राष्ट्रीय पुस्तकालय, सामुदायिक पुस्तकालय, शैक्षिक पुस्तकालय, बिशेष पुस्तकालय र ब्यक्तिगत पुस्तकालय गरि बिशेषतः ५ प्रकारका पुस्तकालयहरू बिश्वब्यापिरूपमा अस्तित्वमा रहेको कुरा पुस्तकालय बिज्ञानले प्रष्ट पारिसकेको छ। नेपालको सन्दर्भमा ब्यक्तिगत पुस्तकालय बाहेक ४ प्रकारका पुस्तकालयहरू अस्तित्वमा छन्। माथि उल्लेख गरिएमध्ये राष्ट्रीय पुस्तकालयबाहेकका ३ क्षेत्रमा पुस्तकालय विकासकालागि पुस्तकालयकर्मीहरू, पुस्तकालयको क्षेत्रमा कार्यरत संस्थाहरू अहोरात्र खटिएका छन्। स्वदेशमा रहने, बिदेशभूमिमा बस्ने नेपालीहरूहरूले गाँस काटेर नेपालको समग्र पुस्तकालय विकासमा सहयोग गरिरहेका छन्। नेपाल लाईब्रेरी फाउण्डेशन, रुम टु रिड, रिड नेपाल र अन्य संस्थाहरूले नेपालको सामुदायिक, शैक्षिक पुस्तकालयहरू स्थापना, डिजिटल पुस्तकालय विकासमा भरपूर योगदान दिइरहेका छन्।
यस सन्दर्भमा मैले भन्नुपर्दा म बिगत २२ महिना रिड नेपालमा र त्यसपछि २०६६ देखि हालसम्म निरन्तररूपमा नेपाल लाईब्रेरी फाउण्डेसनमा कार्यरत छु। यस अवधिमा सयौ ई-पुस्तकालय, बिद्यालय पुस्तकालय, सामुदायिक पुस्तकालय स्थापना, बिस्तार र प्रवर्धनमा करिव १५ बर्ष ब्यतित गरिसकेको छु। म संलग्न रहेको संस्थाले सामुदायिक र शैक्षिक पुस्तकालयको क्षेत्रमा मात्र हात हालेका छन्। अरू अरू संस्थाहरूद्वारापनि यहि २ क्षेत्रमा काम गरिरहेको अबस्था छ। तर, यसको सहि डाटा मसंग नभएपनि ब्यक्तिगत पुस्तकालयको संख्या औलामा गन्न सकिने अबस्थामा छन्। केहि लेखक, साहित्यकार, सर्जकहरूको भने आफ्नै निजी पुस्तकालय रहेको अवस्था छ। तथापि यसको बिस्तार र विकासमा कहिँकतैबाट ब्यक्तिगत संस्थागत प्रयास/पहल भइरहेका छैनन् भन्दापनि हुन्छ।
जसम्म एक बिद्यालयः एक पुस्तकालय, एक स्थानीय तहः एक नमूना पुस्तकालय, एक वडाः एक नमूना पुस्तकालय र घर-घरमा पुस्तकालय बन्दैनन् तबसम्म फाट्टफुट्ट पुस्तकालय स्थापना गर्दैमा पठनसंस्कृतिमा टेवा पुग्न सक्ने अबस्था छैनन्। पठनरूचि घरबाट शुरू हुनु पर्छ। पठनअभ्यास् निवासबाट आरंभ हुनु पर्छ। तब पाठक, ज्ञानपिपासुहरूको शतप्रतिशत् बृध्दि हुनेक्रम बढ्न सक्छन्। त्यसैले नेपालमा होम लाइब्रेरीको अभ्यास नभएकोले यसको विकास, विस्तारकालागि ब्यक्तिगतरूपमा केहि त गरौं भन्ने भित्रैबाट पलाएको उर्जा र सोचलाई यहाँहरू समक्ष पस्किएको छु।

घरमा पुस्तकालय Home Library को सन्दर्भमा
माथि चर्चा गरिएअनुसार ब्यक्तिगत पुस्तकालय Individual/Personal Library लाइ नै होम लाईब्रेरी Home Library भनेर बुझ्न सकिन्छ। कुनैपनि बालबालिकालाइ औपचारिक शिक्षाकालागि शिक्षालय/बिद्यालय भर्ना गर्नअघि घरकै पुस्तकालयमा रमाउन दिइनु पर्छ। जहाँ खेल्दै पढ्ने संरचना भएको होस्। घरको उपयुक्त कोठामा उपयुक्त फर्निचरसहितको आवश्यक पुस्तक, खेल-खेलौना सामग्रीहरूको उचित प्रबन्ध होस्। संभवभए सोहि कोठामा श्रव्य-दृष्य Audio-Visual कक्षसमेतको ब्यवस्था होस्। बिद्यालय/कलेज भर्ना भएकाहरूकानिम्ति त यो पुस्तकालय सारै उपयोगीसिध्द हुने छ। घरका सबै परिवारका सदस्यहरू (युवा, प्रौढ, बृध्द) कानिम्ति समेत समय कटाउने उपयोगी थलो हुने छ। कुनैपनि ब्यक्तिले बिद्यालय/कलेज अध्ययन गर्दादेखि लोकसेवा तयारी गर्दासम्मका संकलित पुस्तकहरूको अलवा आफूले पढिसकेका वा पढ्न भनि किनिएका पुस्तकहरू यस पुस्तकालयमा संग्रहित गरिएर राखिएको होस्। जहाँ २-४ जना सहजरूपमा बसेर पढ्ने अध्ययन टेबल, कुर्सी, चकटिहरू राखिएको होस् र, यहि स्थलमा बसेर अध्ययन, अनुसन्धान गर्न, होमवर्क तयारी गर्न, रचनात्मक, सिर्जनात्मक गतिबिधि अगाडि बढाउने खालका नियमित अभ्यासहरू गर्न सकियोस्। यहि कोठामा लो बेड राखिए झनै सुनमा सुगन्ध हुने छ। जहाँ अध्ययनपछि थकाइ लागेमा आराम गर्न सकियोस्।
एकैपटक धेरै पुस्तक दराज, हजारौ पुस्तक, बाल खेलौना सामग्रीहरूको परिकल्पना नगरौं। एउटा सानु पुस्तक दराज, २०-५० वटा पुस्तकहरू र केहि बालखेलौना शैक्षिक सामग्रीहरूको जोडजाम गरौं। पुस्तकालय रहने कोठा हावादार, घामको प्रकाश छिर्ने, ठूलो र उपयुक्त छनौट गरौं। प्रारंभमा यसरी आरंभ गर्दा हुन्छ। पुरानो घर हुनेहरूले भएका मध्ये कुनै एक उपयुक्त कोठा छनौट गर्दा हुन्छ। भरखर नयाँ घर निर्माण गर्ने सोच छ भने घरको नक्सा निर्माण गर्दा नै होम लाइब्रेरीकालागि एक कोठा छुट्याउने गरौं।
तपाइसंग किचेनरुम, बेडरुम, ड्रेसिङरुम, अतिथीरुम, बाथरुम आदिसहितको घर भएको हुनु पर्छ। स्थानीय तहहरूबाट घरनिर्माण पछि सम्पन्न लिने बेलामा १० वटा गमला, सोलार जडान आदि भएको हुनैपर्ने उल्लेख गरिएको हुन्छ। यि मापडण्ड पुरा गरेर हामी स्थानीय तहमा सम्पन्न लिन जान्छौं तर यस अलवा घर निर्माणकै बेला कुनै एककोठामा होम पुस्तकालयको संरचनागत विकास गरेको हुनैपर्ने भन्ने बाध्यकारी ब्यवस्था गरिएको भए नयाँ बन्ने घरहरूमा होम लाइब्रेरी संरचनाको अटोमेटिक विकास भएको हुने थियो। तर, यो अबस्था नेपालमा छैन। यस तर्फ नेपालका ३ वटै सरकार मौन छन्।
यी सबै कारणतः बनि बनाएका पुस्तकालयहरू प्रयोगमुखी हुन सकेनन्। नेपालीहरू पढ्नेतर्फ भन्दा अनेत्रै रुमलिनु बाध्य भए। यो कोभिड १९ कोरोना भाइरसको बेला विश्वब्यापि महामारी नियन्त्रण र रोकथामको सिलसिलामा सरकारले गरेको लामो बन्दाबन्दिको बेला अधिकांश अभिभावकहरू तासमा, बिद्यार्थीहरू मोबाइलमा रमाए। पढ्न चाहनेहरूकानिम्ति किताब भएनन्। सिर्जनात्मकता फुराउन पाएनन्। समयको सहि सदुपयोग हुन सकेनन्।
यध्दपि सबै नेपालीको घर-घरमा होम लाइब्रेरी भएको भए लकडाउनको बेला राम्ररी सदुपयोग हुने थियो। तास र मोबाईलमा भुल्लिनु पर्ने अवस्था सिर्जना हुने थिएन। पठनसंस्कारमा क्रमिक सुधार हुने थियो। फुर्सदलाई घरमै बसेर सदुपयोग गर्न सकिने थियो। आँगनमा बसेर अरुको कुरा काट्ने बानी क्रमशः हट्दै जाने थियो।

मेरो आफ्नै कूरा
आफू त देशभरी पुस्तकालय निर्माणको अभियानमा हिडेको मानिस परियो। राष्ट्रीय पुस्तकालय जमलकै किन नबनाउने भन्ने बारेमा वकालतपनि गरिँदैछ। शैक्षिक, सामुदायिक पुस्तकालय निर्माण अभियानले निरन्तरता पाइरहेकै छन्। यो लामो पुस्तकालय यात्राको क्रममा होम लाइब्रेरीमा हात हालिएकै छैन। कहिँकतै होम लाइब्रेरीको चर्चा-परिचर्चापनि सुनिएकै छैन। यस्तो अवस्थामा नेपालमा होम लाइब्रेरी अभियानलाइ सार्थकतामा बदल्न म आफैबाट आरंभ गर्ने कोशिस गर्दैछु। त्रियुगा नगरपालिका-११ गाइघाटस्थित संगमटोलको सुनौलो मार्गमा अबस्थित मेरो घर निवासबाट शुरुवात गर्ने जमर्को गर्दैछु। जब मेरो घरमा होम लाइब्रेरीले आकार पाउने छ तब म देशभरीका सबै घर-घरमा होमलाइब्रेरी निर्माणको क्रममा वकालत गर्दै हिड्ने छु। यसकानिम्ति संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूसंग सहकार्य मेरो पहिलो प्रयत्न हुने छ।
सबैको घर-घरमा एकेक होम लाइब्रेरी संरचना निर्माण हुदै जाउन्, पठन अभ्यास घर-घरबाटै आरंभ भएको हेर्ने मेरो चाहना एकदिन अवश्य पुरा हुने नै छ। पठन संस्कृति विकासको प्रारंभिक बिन्दु तपाइ हाम्रो घर हो। जब घरमा पढ्ने अनुकूल बातावरण बन्ने छैनन् भने तब ऊ पढ्नकैलागि भनेर पुस्तकालय जाने कल्पना ब्यबहारिक हुन सक्दैन। पठनसुरूचिकालागि घरमा पुस्तकालय ब्यवहारिक हुने छ। अब ढिला नगरिकन तपाई हामी आफ्नै घरको एक कोठाबाट घरमा पुस्तकालय (होम लाइब्रेरी) बनाउन अघि बढौं, जो देखाउनकालागि नभएर पढ्नकालागि होस्। अस्तु।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२