पब्लिक समाचार

२ हप्ता अगाडि / ५१  पटक हेरिएको

शुक्रबार,अशोज ३०,२०७७
दलित अगुवाहरुले आफ्नो समुदायका व्यक्तिमाथी ह*त्या, हिं*सा, ब*ला*त्कार र हि*रा*सतमा राखेर चरम यातनाको घ*ट*ना बढ्दै गएको भन्दै बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् । पछिल्लो समय मुलुकमा दलित समुदायमाथि बढ्दो ह*त्या, हिं*सा, ब*ला*त्कार, जातीय विभेद लगायतका घ*ट*नाविरुद्ध संयुक्त दलित संघर्ष समिति सप्तरीले आन्दोलन थालेको छ । दलितमाथि श्रृंखलाबद्ध घ*टनाहरु भइरहदा समेत पैसा र पहुँचको भरमा दोषीले उन्मुक्ति पाइरहेको भन्दै समितिले बिहीबार राजविराजमा प्रदर्शन गरेको हो ।

स्थानिय राजरंगशालाबाट ¥याली निकालेर पुनः सोही ठाउँमा पुगि बिरोध सभाको आयोजना गरिएको थियो ।
महिलाहरुको उल्लेख्य सहभागितामा सुरु भएको बिरोध सभाका वक्ताहरुले ठूलो संख्यामा रहेको दलित समुदायलाई राजनीतिक दलले चुनावको बेलामात्र सम्झने गरेको गुनासो गर्दै हालै मुलुकको विभिन्न ठाउँमा दलित समुदायमाथी भएको ह*त्या, हिं*सा, कु*ट*पिट र ब*ला*त्कार*का घटनाप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोस पोखेका थिए ।

बहुजन समाज परिषद् नेपाल, दलित सरोकार मञ्च, राष्ट्रिय दिनाभद्री मुसहर संघ, विश्वकर्मा समाज, दलित समाज सचेतना केन्द्र लगायतका पदाधिकारीसहित झण्डै हजार बढीको सहभागीतामा प्रदर्शन गरिएको छ । सप्तरीसहित मुलुकको विभिन्न स्थानमा दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत सरकारले ध्यान नदिएकाले बाध्य भएर आन्दोलन थालेको उनीहरुले बताएका छन् ।

संघर्ष समितिका संयोजक प्रथमलाल रामको अध्यक्षतामा आयोजित सभामा पूर्व सांसद असर्फी सदा, दलित अगुवा झवर राम, वहुजन समाज परिषद्क नेपालको अध्यक्ष हरिनन्दन रंजन, वरिष्ठ नेता राजाराम पासवान सहभागी थिए ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२