पब्लिक समाचार

२ हप्ता अगाडि / ५४  पटक हेरिएको

शुक्रबार,अशोज ३०,२०७७
युट्युवमा कतिपयले भ्रामक भिडियोहरू पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरू आफै हटाइदिने भएको छ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरूले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो।युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरू युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरू समेत आएकाले त्यस्ता भिडियोहरू हटाउने निर्णय गरिएको हो।

स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरूले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ।गलत तथा भ्रामक भिडियोहरू नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरू सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ। कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरू पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन्।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२