पब्लिक समाचार

१ हप्ता अगाडि / १०७  पटक हेरिएको

शुक्रबार,अशोज ३०,२०७७
आफूहरुले कृषि पेशाबाट उत्पादन गरेको सामाग्री सदरमुकाम झार्नु पर्ने समस्याबाट छुटकारा मिलेको र आर्थिक तबरले खर्चमा कटौती भएको हुँदा उदयपुरको खाँबु रानीबासका स्थानीय कृषकहरुमा खुशी छाएको छ ।

जिल्लाका पहाडी क्षेत्रबाट संकलन गरि भिन्न जिल्लामा तरकारी पुराउने उदेश्यले पहाडी क्षेत्रका तरकारी संकलन केन्द्र संचालन गर्न लागेको हो । किसानले गरेको उत्पादनलाई संकलन केन्द्र मार्फत बजारीकरण गर्ने तथा उपभोक्ताको माग बमोजिम आपूर्ति गर्ने उदेश्य अनुरुप उक्त संकलन केन्द्र सञ्चालन गर्न लागेको हो ।उत्पादन भएका कृषि उपज किसानले सिधै संकलन केन्द्रमा ल्याएर बिक्री वितरण गर्ने र संकलन केन्द्र मार्फत तरकारीका साथै फलफूल, मासु बिक्री वितरण गर्ने १५ नंं.वडाका वडाध्यक्ष नीरबहादुर आलेमगरले जानकारी दिनुभयो।

आधुनिक चिस्यानकेन्द्रको आवाश्यक भएकोले वडाको कार्यक्रममा चिस्यानकेन्द्र पहिलो प्राथमिकतामा रहेको उहाँका भनाई रहेको छ । वडाका प्राय सबै बस्तीमा बाटो र बिद्यालयमा नेटको पहुच बनाउने समेत अध्यक्ष आलेको रहेको छ । गाईघाट–दिक्तेल सडक खण्डको रानीबासमा रहेको कृषि उपज संकलन केन्द्रमा सदरमुकामबाट तरकारी तथा पशुपंछी ब्यापारीहरु आउने गरेकोले स्थानीय उत्पादन खेर नजाने भएको छ । त्यसैगरी सप्तरी सिराहाबाट समेत पहाडी कृषि उत्पादित बस्तु खरिद गर्न यही आउने भएकोले बजारको समस्या नपरेको १५ नंं. वडाका वडाध्यक्ष नीरबहादुर आलेमगरले जानकारी दिनुभयो

पहाडी क्षेत्रमा कृषि उत्पादनका लागि संकलन केन्द्र संचालन जिल्लाकै पहिलो रुपमा स्थापना गरि रानीबास तोरीबारी शनिबारे हाट ब्यस्थापन गरेको वडाध्यक्ष आलेमगरले पुनः दोहोर्याउनु भयो । उहाँले भने– “पहाडी क्षेत्रमा पाईने मौसम अनुसारको तरकारी, फलफुल, जडीबुटी,मसलाजन्य बनस्पती,दहन तथा पशुजन्य समेतको लागि बजार ब्यबस्थापन गरि बिक्री बितरण तथा संकलन केन्द्र संचालन गरिएको दाबी गर्नु भयो ।वडा क्षेत्रमा अदुवा ,तेजपात, अकबरे खुर्सानी, निगुरो, स्कुस,अम्लीसो, नास्पाति,कागती र सुन्तलाको प्रचुरमात्रामा उत्पादन गर्न सकिने क्षेत्र हो । सरकारी तथा गैरसरकारी संघसंस्थासंग साझेदारीमा वडाले कृषि कार्यक्रम गर्ने समेत बताउनुभयो ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२