पब्लिक समाचार

१ हप्ता अगाडि / १०४  पटक हेरिएको

शुक्रबार,अशोज ३०,२०७७
कोरोना कहरप्रतिको उच्च सतर्कतासहित ६५ औं प्रहरी दिवस उदयपुरमा शुक्रबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सो दिवसको अवसरमा विविध कार्यक्रम गर्दै शुक्रबार विशेष समारोहको आयोजना गरी दिवस मनाइएको थियो । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न पार्टीका नेता, सुरक्षा प्रमुखहरु,नागरिक समाज, पत्रकार,पूर्वप्रहरीहरु,अमर प्रहरी,परिवारहरुको समेत उल्लेख्यनीय सहभागिता थिए ।

कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीको प्रहरी सन्देश पढेर सुनाइएको थियो । प्रजिअ पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीको कामको उच्च मूल्यांकन र प्रशंसा गर्नुभयो । जिल्ला प्रहरी प्रमुख दाहालले समाजमा शान्ति सुरक्षा कायम गराउन प्रहरी अहोरात्र खटिरहने र प्रहरीलाई नागरिकहरुको सहयोग अति आवश्यक हुने बताउनुभयो

दिवसको अवसरमा दुईदिनअघि भगवती मन्दीर परिषर सरसफाई गरिएको थियो । त्यस्तै हिजो जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रक्तदान कार्यक्रम भएको थियो । त्यसैगरी जिल्ला प्रहरी र मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानसमेतको सहभागितामा पुरुष दौड, महिला दौड, रस्साकसी (डोरी तानातान) खेल प्रतियोगिता भएको थियो । कार्यक्रममा नेकपाका जिल्ला सचिव इश्वरमणी राउत लगायत नेपाली कांग्रेस जनता समाजवादी पार्टी लगायतका नेताहरुको उपस्थिति थियो ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२