पब्लिक समाचार

१ हप्ता अगाडि / ७७  पटक हेरिएको

शनिबार, कार्तिक १,२०७७
निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ । साम्बाले शुक्रबार विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकमा विस्तृत विवरण सार्वजनिक गर्दै आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख छ ।

साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।
साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्बाले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ति विकास निर्माणका कार्यक्रम लगेको जनाउनु भयो ।

सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् । विशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको, उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन् ।

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२