पब्लिक समाचार

१ महिना अगाडि / ८७  पटक हेरिएको

सोमवार, कार्तिक ३, २०७७
मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय उनको बिहान ३ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए।

रिपोर्ट आउनुभन्दा पहिले नै उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। मिर्गौला पीडित उनी नियमित डाइलासिस गराउँदै आएका बिरामी थिए।

यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ। कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर उनको वृद्धको मृत्यु भएको हो।

उनलाई निमोनियाको समस्या थियो। उनको असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। नोबेलमै ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। उनको असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नोबेल भर्ना गरिएको थियो।

यसैगरी, कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। असोज १९ गते कोरोना पुष्टि भएपछि उनी कोभिड अस्पताल भर्ना भएकी थिइन्।

सोमबार, कार्तिक ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२