पब्लिक समाचार

१ महिना अगाडि / ८४  पटक हेरिएको

मङ्लबार,कार्तिक ४,२०७७
अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । झण्डै ६० घण्टापछि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए । असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि,भ,त्स ह,त्या गरेको अवस्थामा फेला परेको थियो ।

सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको श,व फेला परेको थियो । प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो । प्रहरीले बिकको ह,त्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको छ ।

मंगलबार, कार्तिक ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२