पब्लिक समाचार

३ हप्ता अगाडि / ३३  पटक हेरिएको

बिहीवार,कार्तिक २०,२०७७।

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले जानकारी दिइन् । केकीले भनिन्–‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’

केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’को तयारी गर्नुपर्ने भएकाले उनले यसपटक चलचित्र निर्देशन नगर्ने केकीको भनाई छ । केकीले भनिन्–‘मैले पहिलो चलचित्र कमेडी कथामा निर्माण गरेकी थिएँ । यसपटक भने सामाजिक कथामा चलचित्र बनाउँदैछु । यसैले पनि यसको पूर्व तयारीका लागि केही समय लिनुपर्नेछ । वर्कशप सुरु भएको १ महिना भयो । अझै २ महिना वर्कशप नै हुनेछ ।’ केकीले चलचित्रको सम्पूर्ण टिमको जानकारी केही समयपछि दिने बताइन् । केकीका अनुसार, फागुणबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

बिहिबार, कार्तिक २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२